२२ बैशाख २०८१, शनिबार

सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय

प्रकाशित मिति :  24 December, 2019 1:42 pm


काठमाडौं, ८ पुस

समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो ।संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !