१२ श्रावण २०८१, शनिबार

किसान लघुवित्तको सेयर कारोबार फुुकुुवा

प्रकाशित मिति :  1 April, 2021 12:35 pm


काठमाडौं । रोक्का गरिएको किसान लघुवित्तको सेयर कारोबार आजदेखी फुुकुवा भएको छ । गलत सूचना प्रकाशित गरेकोले रोक्का गरेको लघुवित्तको सेयर कारोबार आज देखि फुकुवा गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

किसान लघुवित्तले गत चैत्र ८ गते १ः१को अनुपातमा हकप्रद निष्कासन गर्ने विषेश प्रस्ताव सहित दोस्रो वार्षिक साधारणसभाको सूचना निकाले पनि भोलिपल्ट चैत ९ गते फेरी सूूचना संसोधित गरेर सभाको विशेष प्रस्तावबाट हकप्रद सेयर निष्कासन गर्ने विषय हटाएको थियो ।

यसर्थ कम्पनीले धितोपत्र मुल्यमा प्रभाव पार्ने गरी गलत सूचना निकालेको हुनाले नेप्सेले ३ दिने स्पष्टीकरण सोधेर कारोबार रोक्का गरेको हो ।

उता लघुवित्तले भने विना परामर्श हकप्रदको विषय साधारण सभाको सूचनामा परेको भन्दै सेयर मूल्य प्रभावित पार्ने कुनैपनि मनसाय नभएको र अबदेखि यस्ता गल्ती नदोहोराउने प्रतिवद्धता सहित नेप्सेलाई स्पष्टीकरण पठाएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !