४ जेष्ठ २०८१, शुक्रबार

नेप्से उकालो लाग्दा अपर तामाकोशी सर्वाधिक कारोबार

प्रकाशित मिति :  1 April, 2021 4:39 pm


काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले बढेको छ । साताको कारोबारको दिन अन्तिम दिन नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ अंकमा पुुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ४६६.४२ मा पुगेको छ ।

नेप्सेमा कारोबारमा आएका कुल १३ उपसमुह मध्ये ९ वटा उपसमुह बढेका छन् भने ४ वटा उपसमुह घटेका छन् ।नेप्सेमा आज कारोबारका आधारमा अपर तामाकोशी अग्रस्थानमा रहेको छ । कम्पनीको ३० करोड २२ लाख ७२ हजार ६सय ८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कूल २१८ कम्पनीको १ करोड ४२ लाख ६८ हजार ६६ सय ५९२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १२५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !