१२ श्रावण २०८१, शनिबार

नेपाल खनाल स्थायी समितिको बैठक डाकियो

प्रकाशित मिति :  1 April, 2021 5:11 pm


काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमूहले स्थायी कमिटी सदस्यहरूको बैठक डाकेको छ ।

शुक्रबार विहान ११ बजे मेघा बैंक्विट कंलङ्कीमा स्थायी कमिटिीको बैठक बोलाइएको हो ।

आफूपक्षीय नेताहरू विरूद्ध एकपछि अर्को गरी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन सो बैठक बोलाइएको हो ।

यसका अतिरिक्त भोलिको बैठकबाट एमालेको पुनर्गठन गर्न देशव्यापी अभियान सञ्चालन गर्ने र राजनीतिक दस्तावेज तल्लो तहसम्मै पठाइने विषयमा निर्णय गरिने तयारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !