१४ माघ २०७९, शनिबार

मेरो सेयर खुलेन ? यसरी भर्नुहोस् रुरुको आइपीओ

प्रकाशित मिति :  2 April, 2021 12:37 pm


काठमाडौं ।  आजदेखि रुरु जलविद्युत् लिमिटेडको आइपीओ निष्कासन तथा बिक्री खुला भएको छ । शुक्रबार (आज)देखि कम्पनीको आइपीओमा आवेदन खुला भएपनि सेयर भर्ने अनलाई पोर्टल मेरो सेयर भने खुलेको छैन । केही हप्तादेखि समस्या आइरहेका कारण लगानीकर्ताहरुले धेरै सास्ती भोग्नुपरेको छ ।

यता सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)ले मेरो सेयरको स्तरोन्नतिको काम भइरहेकोले समस्या आएको बताएको छ । पछिल्लो समय आइपीओमा देखिएको आर्कषणका कारण सिस्टममा लोड पर्ने भएकोले यस्तो समस्या देखिएको हो ।

सिडिएसले मेरो सेयर नखुल्ने तथा खुलेपछि लगआउट भैहाल्ने समस्याहरु आइहाल्ने हुनाले यस अवस्थामा धैयताका साथ मेरो सेयर प्रयोग गर्नुहुन अनुरोध गरेको छ ।

सिडिएसका अनुसार रुरु जलविद्युतको आइपीओ भर्न लगानीकर्ताले सकेसम्म आफ्नो ब्राउजरको Incognito Window र private window बाट मेरो सेयर खोलेर आइपीओ भर्न सक्नुहुनेछ ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरु आकर्षित हुन थालेका छन् भने नयाँ लगानीकर्ता दिनहुँ थपिरहेका छन् । जसले गर्दा सिस्टममा लोड पर्न गर्न बारम्बार समस्या देखिएको हो ।



प्रतिक्रिया दिनुहोस !