१२ श्रावण २०८१, शनिबार

दाङमा हात्तिपाइले विरुद्वको औषधिको सट्टा अन्य औषधि बाँडियो

प्रकाशित मिति :  2 April, 2021 1:02 pm


दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाङले राजपुर गाउँपालिकालाई हात्तिपाइले विरुद्वको औषधि बितरण गर्नु पर्नेमा अन्य औषधि बितरण गरेको पाइएको छ ।

डाइइथाइल कार्बा माजिन नामक औषधि पठाउनु पर्नेमा ट्राहेक्सी फेनाइडेल हाइड्रोक्लोराइड ट्याब्लेट नामक औषधि पठाईएको छ ।

यो औषधि २–५ वर्ष सम्मकालाई १ चक्कि १०० एमजी, ६ देखि १४ वर्षका बालबालिकालाई २ चक्की २०० एमजी, १५ देखि माथिकालाई ३ चक्की ३०० एमजी खुवाउनु पर्छ । साथै जुकाको औषधि अल्बेण्डाजोल पनि खुवाउने गरिन्छ ।

“हात्तिपाइले विरुद्वको औषधि भनेर दाङको राजपुर गाउँपालिकामा उक्त औषधि पुगि सकेको छ, हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा फरक औषधि परेकोले सुरक्षा निकाय मार्फत सबै तिर सुचना गरिसकेका छौं र ती औषधि फर्काउन सबै स्थानीय पालिकाका स्वास्थ्य शाखालाई जानकारी गराई सकेका छौं” जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले भने ।

हात्तिपाइले विरुद्धको औषधि पठाउनु पर्नेमा फरक औषधि पर्न गएको कार्यालय प्रमुख शाहीले स्वीकार गरेका छन् ।

ट्राहेक्सी फेनाइडेल हाइड्रोक्लोराइड ट्याब्लेट नामक औषधि खासगरी पार्किन्सनका बिरामी-बुढापाका मानिसमा देखा पर्ने मांसपेशी कसिएर भएका बिरामीलाई, मांसपेशी जाम भएर बोल्न नसक्ने खालका बिरामीलाई दिने गरेको लमही अस्पतालका एक डाक्टरले बताए । –गणतन्त्रअनलाइन डट कम



प्रतिक्रिया दिनुहोस !