२१ बैशाख २०८१, शुक्रबार

नेपाल खनालको स्थायी समिति बैठक मेगा पार्टी प्यालेसमा

प्रकाशित मिति :  2 April, 2021 1:27 pm


काठमाडौ । नेकपा एमालेको झलनाथ खनाल–माधवनेपाल समूहको स्थायी समिति सदस्यहरूको बैठक निर्धारित समय भन्दा झण्डै डेढ घन्टा ढिला गरी शुरू भएको छ ।

कलंकी क्षेत्रको मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने गरी एमाले स्थायी समिति सदस्यहरूलाई बोलाइएको थियो ।

वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल तथा नेताहरू सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायतको उपस्थिति बैठकमा रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने यो बैठक केन्द्रित हुने भएको नेताहरूले जनाएका छन् ।

संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने र संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने सहभागीहरूले जनाएका छन् । सो समुहका नेताहरूको सहभागीतामा गत चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरिएको थियो ।

सो भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गरी दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गरिने योजना छ ।



प्रतिक्रिया दिनुहोस !