८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणीः नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरूङमा पसेको छ

प्रकाशित मिति :  3 April, 2021 11:43 am


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपाल नेतृत्वको समूह अँध्यारो सुरूङमा फसेको टिप्पणी गरेका छन् ।

नेपाल समूहले देशव्यापि अभियान घोषणा गर्न लागेका बेला थापाले नेपाल पक्षलाई बागी भन्दै अँध्यारो सुरूङमा फसेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्,“माधवकुमार नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरूङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै   मिल्दैन ।”

उनले साथमा पार्टी, चुनाव चिन्ह केही नभएको भन्दै सर्वानाशको बाटो त्यागी नेपाल पक्ष संयमित हुन जरुरी रहेको बताएका छन् ।

उनले भनेका छन्,“साथमा न पार्टी,न चुनाव चिन्ह,न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए विजोग होला है !”

नेकपा एमालेभित्र वरिष्ठ नेता नेपालसहित ४ नेतालाई निलम्बन गरिएपछि समानान्तर संगठनको अभ्यास सुरु भएको छ । नेपालले आजै अभियानको समेत घोषणा गर्दैछ ।



प्रतिक्रिया दिनुहोस !