१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले भने,‘समर्थन फिर्ता लेउ,राजीनामा दिन्छु’

प्रकाशित मिति :  3 April, 2021 12:28 pm


फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन् ।

१६५ वटा रणनीतिक सडक निर्माणको आज शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, “दिनैपिच्छे राजीनामा माग्दै पर्दैन समर्थन फिर्ता ल्याइदेउ म राजीनामा दिइहाल्छु नि !” मिडियाले आफ्नो राजीनामाको विषयलाई उछालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “राजीनामा कति दिन दिने हो ? एक दिन एउटा राजीनामा आइहाल्छ नि ! हटाउन न त समर्थन फिर्ता ल्याइदेउ राजीनामा हाइहाल्छ नि !”

उनले समर्थन फिर्ता पनि नदिने अनि राजीनामा पनि माग्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिजो मात्रै प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय गरे लगत्तै प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो ।

नेकपा माओवादी केन्द्रले पनि औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिने वित्तिकै सरकार अल्पमतमा पर्ने छ ।



प्रतिक्रिया दिनुहोस !