१४ बैशाख २०८१, शुक्रबार

मुलुकको राजनीतिले कोल्टो फेरेको छ, छिट्टै नयाँ सरकार बन्छः प्रचण्ड

प्रकाशित मिति :  3 April, 2021 2:47 pm


कपिलवस्तु । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने बताएका छन् ।

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि राजनीतिले कोल्टे फेरेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको लागि छलफल सुरु भएको जानकारी गराए ।

कपिलवस्तुको तौलिहवामा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब बन्ने सरकारमा माओवादी केन्द्रले भूमिका खेल्ने उनले बताए ।

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने भन्दा पनि संविधानको रक्षाका लागि सक्रिय रहने बताए ।

मधेशी जनताको आत्मसम्मानको अधिकारका लागि जनयुद्धदेखि अहिलेसम्म पार्टी सक्रिय रहेको चर्चा गर्दै उनले प्रधानमन्त्री ओली मधेशी जनताको अधिकार स्थापनाको विरोधी रहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !