९ जेष्ठ २०७९, सोमबार

साताको पहिलो दिन रेकर्ड ब्रेक गर्दै नेप्से, हालसम्मकै उच्च विन्दुमा

प्रकाशित मिति :  4 April, 2021 12:02 pm


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्सले कारोबार खुलेको १ घण्टा नवित्दै रेकर्ड ब्रेक गरेको छ । आइतबार नेप्से यो समाचार तयार पार्दासम्म २०.६२ अंकले बढ्दे २६५२.५१ अंकमा पुगेर नयाँ किर्तिमान कायम गरेको हो ।

त्यस्तै यसअघि फागुन ९ गते २६४० को बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको राखेको थियो । लगानीकर्ताहरुले मनोबल बढाएसँगै सेयर बजारमा फेरी हरियाली छाएको छ ।

आज बजार खुल्ने वित्तिकै प्रि ओपन सेसनमा नेप्से २६ अंकले बढेर २६५८ को विन्दु पार गरिसकेको थियो ।



प्रतिक्रिया दिनुहोस !