२४ बैशाख २०८१, सोमबार

नागरिक लगानीकोषले गर्यो लाभाशं घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  4 April, 2021 12:35 pm


काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं घोषणा गरेको छ । कोषले आर्थिक वर्ष ०७६०७७ को मुनाफाबाट १७.८९ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

हिजो बसेको कोष संचालक समितिको बैठकले सेयरधनीहरुलाई गत वर्षको आर्थिक मुनाफाबाट १७.८९ प्रतिशत लाभाशं दिने प्रस्ताव गरेको हो ।

कोषले हाल कायम रहेको चुक्ता पुँजीको २७,००,००,००० बराबरको ९ प्रतिशत बोनस २६६८४२१०५.२६ रुपैयाँ बराबरको को ८.८९ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभाशं नेपाल सरकार, अर्थमन्त्रालयले स्वीकृत गरेपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !