१६ चैत्र २०८०, शुक्रबार

ओलीले तमासा मात्र गरिरहेका छन् –नेपाल

प्रकाशित मिति :  4 April, 2021 4:22 pm


काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तमासा मात्र गरिरहेको बताएका छन् ।

झण्डै दुई तिहाई मत पाएका प्रधानमन्त्री ओलीले विगतका राम्रा कामलाई निरन्तरता नदिएर , कमीकमजोरी नसुधारेर र पार्टीको छवि राम्रो गर्ने काम नगरेर तमासा देखाउन मात्र लागेको नेपालले बताए ।

आइतबार काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रममा नेता नेपालले र्येस्तो भनेका हुन् ।

कूटनीतिक सम्बन्ध कायम गर्ने कुरामा देखिएन, जनहितका काम गर्नेमा देखिएन, सुशासन दिने कुरामा देखिएन, भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा देखिएन तर तमासा गर्ने काममा ओली देखिएको उनको आसय थियो ।

“तमासा के थाहा छ ? यत्तिकै स्वीच थिचेर १६५ वटै निर्वाचन क्षेत्रमा सडकको शिलान्यास । संसारमा कहीँ भएको छ ?” ओलीलले गरी देखाएको बताए ।

डीपीआर गर्न बाँकी मात्र होइन, कति खर्च लाग्छ भन्ने समेत थाहा नभएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले भने “बालुटारमा बस्या छ, स्वीच थिचिदियो शिलान्यास ।”

नेपालले भने “सबै ठाउँमा नाम लेखाउँला भनेर होला, कति नाम लेख्ने रहर रहेछ ? कति फोटो टाँस्ने रहर रहेछ ? आफ्नो घर कोठामा झुण्ड्याए भइगो नि ! किन सबैलाई दुःख दिनु ?”



प्रतिक्रिया दिनुहोस !