१५ चैत्र २०८०, बिहिबार

काठमाडौंमा नेकपा एमाले औपचारिक रुपमा विभाजित

प्रकाशित मिति :  4 April, 2021 5:48 pm


काठमाडौं । काठमाडौंमा नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ ।

माधव नेपाल समूहले आज भेला गरेर छुट्टै कमिटी गठन गरेको हो । काठमाडौंमा नेपाल पक्षको नेतृत्व बसन्त मानन्धरले गरेका छन् ।

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेतालाई निलम्बन गरेपछि एमाले विभाजनको बाटोमा गएको हो । काठमाठौंमा नेता झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थितिमा नै समानान्तर कमिटी घोषणा गरिएको छ ।

काठमाडौंमा नेपाल पक्षका मानन्धर अध्यक्ष, शोभा सापकोटा उपाध्यक्ष,कुसुकुमार कार्की सचिव, लक्ष्मीप्रसाद श्रेष्ठ सहसचिवको जिम्मेवारी पाएका छन् । नेपाल पक्षले २ सय सदस्यी जिल्ला कमिटी बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !