२५ बैशाख २०८१, मंगलबार

३ दिन सुधारपछि फेरि बढ्याे वायु प्रदुषण, १ नंम्बर प्रदुषित शहरमा काठमाडाैं

प्रकाशित मिति :  5 April, 2021 12:21 pm


काठमाडाैं । बृधबार देशका केही स्थानमा बर्षा भएपछि खुलेको आकाश फेरी ३ दिन पछि धुम्मिन थालेको छ ।  स्विजरल्याण्डको एक्युआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इडेक्स ३०७ रहेको छ । त्यस्तै ललितपुरकाे १९८ र भक्तपुरकाे १७८ रहेकाे छ ।  तथ्याङ्क अनुसार काठमाडौं विश्वको सबैभन्दा बढी प्रदुशित शहरमा परेको छ ।

वातावरण विभागको तथ्याङ्क अनुसार नेपालमा आज सबैभन्दा प्रदुषण शहरमा धनगढी रहेको छ , धनगढीमा आज बिहानको क्वालिटी इन्डेक्स ४२९ रहेको छ ।

एक्वुआई ० देखि ५० सम्म हुनुलाई राम्रो, ५० देखि १०० सम्मलाई मध्यम, १०० देखि १५० सम्मलाई संवेदनशील वर्गका समुहका लागि अस्वस्थकर, १५० देखि २०० सम्मलाई अस्वस्थ र त्यसभन्दा माथिलाई जोखिम मानिन्छ ।

लामो समयसम्म बर्षा नभएको र देशका अधिंकाश स्थानमा डडेलो लागेका कारण बिगत केही समययता देशभरिनै वातावरण सफा हुन सकेको छैन । देशभरिनै लागेकाे डडेलोका कारण सबैजसो स्थानको मौमस सफा रहन केहि समय लाग्ने वातावरण विभागले जानकारी दिएको छ । एक पटक सबै स्थानमा प्रयाप्त बर्षा भए मात्रै मौसममा सुधार आउने विभागको भनाइ रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !