२६ बैशाख २०८१, बुधबार

भक्तपुरमा मनाइने बिस्केट जात्रा मनाउन राेक

प्रकाशित मिति :  5 April, 2021 1:34 pm


भक्तपुर । भक्तपुर जिल्लास्तरिय कोभिड संकट व्यवस्थापनकेन्द्रले भक्तपुरबासीले मनाउदै आएको बिस्केट जात्रा पर्व मनाउन रोक लगाएको छ । जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको यहि चैत्र २२ गते बसेको पदाधिकारी बैठकले जात्रामा भिडभाड हुने र संक्रमण फैलिन सक्ने भन्दै जात्रामा राेक लगाएकाे जानकारी दिएकाे छ ।

छिमेकी देश भारतमा कोरोनाको दास्रो लहर तीब्र गतिमा बढ्दै गएपछि जोखिम कम गर्ने भन्दै बिस्केट जात्रा मनाउनमा रोक लगाएको हो ।जिल्लामा मनाइने बिस्केट जात्रामा पुजारीलाइ मात्रै राखेर पुजा गर्ने निर्यय जिल्ला काेभिड व्यवस्थापन केन्द्रले गरेको छ । रथ तान्ने र लिङ्गो ठ्डाउने, जिब्रो छेड्ने, सिन्दुर जात्रा जस्ता काम गत बर्ष जस्तै यो वर्ष पनि नगर्ने निर्णय केन्द्रले गरेको छ ।

नँया बर्षको अवसरमा हुने पुजा, पाठ, सप्ताह र पिकनिक जस्ता कार्यक्रम पनि सिमित संख्या र कोभिड- १९ को मापदण्ड पालना गरेर मात्रै गर्न आग्रह गरेको छ ।

कोभिड- १९ को संक्रमणको जोखिम नियन्त्रण गर्न कोभिड -१९को मापदण्डको पालना तथा भिडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न, नगराउन तथा प्रचार प्रसार लगायतका जनचेतनामुलक कार्यक्रम गर्न सबै नगरपालिकाहरुमा समेत अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !