१३ बैशाख २०८१, बिहिबार

सांसद बास्कोटाले भने : कसरी भयो काम चलाउ?

प्रकाशित मिति :  5 April, 2021 2:26 pm


काठमाडौ । संसदमा नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षीहरूले सरकार काम चलाउ भएको प्रश्नको जवाफ दिँदै यस्तो प्रश्न गरेका हुन् ।

उनले भने “ यो सरकार काम चलाउ भएको छ । समर्थन आफू गर्ने । समर्थन फिर्ता नगर्ने । अविश्वासको प्रस्ताव नल्याउने । यो काम चलाउन होइन । बन्दी बनाएर हामी जान सक्छौं आफै अडकाउने आफै पडकाउने ।”

यो सरकारले सबै क्षेत्रमा विकासमा ध्यान दिएको छ । यसमा पनि विरोध गरिन्छ भने पार्टीहरूले के गर्न चाहेका छन् प्रस्ट गर्नुपर्ने माग बाँस्कोटाले गरे ।

कुनै वस्तुसत्य बिना विरोधका लागि विरोध गर्दा विकासको गन्त्वय हुन नसक्ने उनले जनाए । उनले सन्त नेता किसुनजीको मेलम्चीको सपना केपी ओलीले पूरा गरेको बताए ।

प्रतिपक्षीहरूलाई दुखी आत्मा भन्दै उनले दुखी आत्माहरूप्रति दुख मात्र व्यक्त गर्न सकने बताएका थिए । प्रतिपक्षीहरूले बिना योजना र डिपीआर बिना एकै चोटी १६५ विकास योजनाको शिलान्यास गरेको कामको विरोध गरेको विषयमा सरकारको बचाउ गर्दै सांसद बाँस्कोटाले उनीहरूलाई विकास देख्ने दृष्टिकोण बदल्न भनेका थिए ।

प्रधानमन्त्रीले वर्तमान अवस्थाको ठोस विश्लेषण गरेर चुनावमा जाने निर्णय गर्नु भएको बताउँदै बाँस्कोटाले लोकतन्त्रको सार्वभौम सिद्धान्तका साथ चुनावमा गएको थियो र चुनावमा जाने हो बताए ।



प्रतिक्रिया दिनुहोस !