४ बैशाख २०८१, मंगलबार

कांग्रेसका सांसदले भने ‘जस्तै गुरू त्यस्तै चेला’

प्रकाशित मिति :  5 April, 2021 2:49 pm


काठमाडौ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सांसद गोकुल बाँस्कोटालाई जस्तै गुरू त्यस्तै चेला भनी टिप्पणी गरेका छन् ।

काम चलाउ कसरी भने प्रश्न गरिरहेको विषयमा कँडेलले यस्तो टिप्पणी गरेका हुन् । ओलीले गोरखाको सभामा गरेको टिप्पणी तिथिमिति उल्लेख गरी कँडेलले यस्तो भने ।

ओलीले गोरखाको सभामा शेरबहादुर देउवा नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री भएको र कांग्रेसका कार्यकर्ताहरूका लागि समवेदना प्रकट गर्न चाहेको टिप्पणी गरेको उनले जनाए ।

आफ्नै सहयोगीहरूलाई बक्सिनु भएन । यस्तै ताल रहने हो भने ओली एमालेको अन्तिम प्रधानमन्त्री हुने कँडेलले बताए । मेरो पछाडि संसदको बहुमत छ भने उहाँले आफ्नो विश्वास लिनै पर्ने संविधानको प्रावधान पढेर सुनाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !