७ बैशाख २०८१, शुक्रबार

शुक्रबार ब्रिटिस कलेजमा जफ फेयर २०२१ हुँदै

प्रकाशित मिति :  5 April, 2021 3:46 pm


काठमाडौं ।

ब्रिटिस कलेजले आउँदो शुक्रबार ‘टिबिसी जफ फेयर २०२१’ आयोजना गर्ने भएको छ । काठमाडौं थापाथलीस्थित कलेजको आफ्नो भवनमा हुन लागेको सम्मेलनमा २५ वटा कम्पनीहरुले सहभागिता जनाउने भएका छन् ।

कलेजमा अध्ययनरत स्नातक तहका बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी तथा स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु विद्यार्थीलाई लक्षित गरि जफ फेयर आयोजना गर्न लागिएको कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले जानकारी दिए ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिने व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।

जब फेरमा सहभागी हुने कम्पनीहरुमा बतास अर्गनाइजेसन, भोज डिल, ब्रेन डिजिट, सीजी होल्डिङ, गोर्खा ग्रुप, हाम्रो बजार डटकम, हिमालयन जनरल इन्स्योरेन्स, इन्ग्रिल्स प्रा.ली, लक्ष्मी बैंक लिमिटेड, लिपफ्रग, एमएडब्लु इन्टरप्राइजेज, मिरा बायोटेक, पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी रहेका छन् ।

त्यसैगरि रियण्डा बिज प्रा.ली. सिप्रदी ट्रेडिङ, सुविसु केबलनेट, उज्यालो फाउण्डेसन, अल्टिमेट बिजनेश एडभाइजर, युनाईटेड डिस्ट्रिब्युटर नेपाल, उपाय कार्गो, भात्सल इम्पेक्स (साओमी), भायनेट, यती एयरलाइन्स, योङ्ग इनोभेटर्स लगायत कम्पनी सहभागी हुनेछन् । स्टार्टअप बिजेनेसमा आबद्ध भएका संस्थाहरु आन्र्टप्रेनाना तथा नेक्स्ट भेन्चर कर्प प्रालीको पनि सहभागिता रहने भएको छ ।

जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ । सहभागी हुन चाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्दै आएको छ । विज्ञहरुबाट व्यक्तिगत विवरण (सीभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा तालिम तथा कक्षा भइराखेको कलेजले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !