२५ बैशाख २०८१, मंगलबार

नेप्से सामान्य अंकले बढ्दा अपर तामाकोशीको सर्वाधिक कारोबार

प्रकाशित मिति :  5 April, 2021 4:27 pm


काठमाडौं । साताको दोस्रो दिन सेयरबजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ अंकमा पुगेर रोकिएको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.०९ अंकले बढेर ४७१.८५ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमुहमध्ये ७ वटा कम्पनीमा हरियाली छाएको छ भने ६ वटा उपसमुह राताम्ये बनेका छन् ।
स्टकका अनुसार कारोबारको आधारमा आज अपर तामाकोशी हाइड्रोपावरको अग्रस्थानमा रहेको छ । कम्पनीको ३४ करोड ७५ लाख ६८ हजार बराबरको कारोबार गर्न सफल भएको छ ।

आजको दिन ट्रेडिङ, होटल एण्ड टुरिज्म,हाइड्रोपावर, माइक्रोफाइनान्स,अन्य, उत्पादन समुह, म्यूचुअल फण्ड बढेका छन् भने बैंकिङ, डेभलपमेन्ट बैंक, निर्जिवन बीमा, फाइनान्स, जीवन बीमा र लगानी समुहको सेयर घटेको छ ।

कुल २१२ कम्पनीको एक करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !