१३ जेष्ठ २०७९, शुक्रबार

प्रतिनिधि सभा २६ गतेसम्मका लागि स्थगित

प्रकाशित मिति :  5 April, 2021 5:29 pm


काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जानकारी गराए ।

सोमबारको बैठकमा परराष्ट्र र स्वास्थ्य मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।

यसैगरी सोमबारकै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं बार्षिक प्रतिवेदन,सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश गरियो ।



प्रतिक्रिया दिनुहोस !