२६ बैशाख २०८१, बुधबार

बिस्केट जात्रा राेकेकाेमा भक्तपुरमा विराेध प्रदर्शन

प्रकाशित मिति :  6 April, 2021 8:58 am


भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्रामा जिल्ला प्रशासन कार्यलयले रोक लगाएको विरोधमा भक्तपुरवासीले विरोध प्रदर्शन गरेका छन् ।

साेमबार बेलुका भक्तपुरको पाँचलते न्यातपोल मन्दिर अगाडि गुठियारहरुले जात्रा रोक्न पाइँदैन, सँस्कृति मास्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयलाई स्थानीयले सरकारी हस्तक्षेप भएको बताएका छन् ।

जात्राका लागि एक महिना अगाडिदेखि रथ बनाउने काम भइरहेको र तयारी पुरा हुने बेलामा कोरोना भाइरसको जोखिम भनि जात्रा रोक्ने निर्णय नेवारी सँस्कृतिमाथिको हस्तक्षेप भन्दै स्थानीयले सरकार विरुद्ध चर्को नारावाजी गरेका हुन् ।

प्रर्दशनमा सहभागीहरुले बिस्केट जात्रा विश्वमा मनाइने एक मात्र जात्रा भएका कारण यसमा रोक लगाउन नहुने भन्दै उनीहरुले जिल्लाको निर्णय विरुद्ध विरोध गरेका बताएका छन् । उनीहरुले प्रशासनले गरेकाे  निर्णय आफुहरु नमान्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !