१३ जेष्ठ २०७९, शुक्रबार

छुटाउनुहोला है ? रुरु जलविद्युत्को आइपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  6 April, 2021 12:34 pm


काठमाडौं । रुरु जलविद्युत् लिसिमटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज चैत्र २४ गते मंगलबार कम्पनीको आइपीओमा आज बैंकिङ समयसम्म आवेदलन दिन सकिने सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले अंकितमूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गरेको छ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !