२४ बैशाख २०८१, सोमबार

साल्ट ट्रेडिङले २५ प्रतिशत लाभाशं दिने, बोनस सेयर कति ?

प्रकाशित मिति :  6 April, 2021 12:58 pm


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कुल चुक्त पुँजीको २५ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

कम्पनीको आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६ /०७७ को कुल मुनाफाबाट आफ्ना सेयर धनीलाई २५ प्रतिशत लाभाशं दिने प्रस्ताव गरेको हो ।

कम्पनीले चुक्त पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् । कम्पनीले प्रस्ताव गरेको उक्त लाभाशं आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !