२४ बैशाख २०८१, सोमबार

इन्डाेनेशिया र पूर्वी टिमाेरमा बाढी -पहिराे, मृत्यु हुनेकाे संख्या १५० नाग्याे

प्रकाशित मिति :  6 April, 2021 3:46 pm


एजेन्सी । इन्डोनेशिया र पूर्वी टिमोरमा आएको बाढी र पहिरोमा परी १५० जना भन्दा बढीको व्यक्तिकाे मृत्यु भएको छ । बाढीमा दर्जनौ मानिस हराइरहेका छन् ।

बाढीमा परी इन्डोनेशियाका १३० जना र पूर्वी टिमोरका २७ जनाको मृत्यु भएको इन्डोनेशिया विपत् व्यवस्थापन निकायका प्रवत्ताले जानकारी दिएका छन् ।

बाढीबाट इन्डाेनेशिया र छिमेकमा पर्ने पूर्वी टिमोर बढी प्रभावित भएको अधिकारीहरु जानकारी दिएका छन् । बाढीका कारण त्यहाँका दर्जनौ घर र संरचनामा ठूलाे क्षति पुगेको छ ।

आँदीहुरीका कारण लेम्बाटा टापुका केही स्थान र समुद्र किनारमा रहेका घरहरु बगाएको छ ।  इन्डोनेशियामा यसअघि गत जनवरी महिनामा पश्चिमी क्षेत्रमा पर्ने जावा प्रान्तको सुमेडाङ शहरमा आएको बाढीमा परी ४० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !