५ जेष्ठ २०७९, बिहिबार

व्यापारी चेतन गोयल कलंकीबाट पक्राउ

प्रकाशित मिति :  6 April, 2021 5:51 pm


काठमाडौ । व्यापारी चेतन गोयल कंलकीबाट पक्राउ परेका छन् ।

उनलाई ट्रेडमार्क बिना गुणस्तरहीन मेहेन्दी बिक्री गरेको आरोपमा पक्राउ गरिएको हो ।

गोयल निशा ब्रान्डको मेहेन्दी उत्पादक कम्पनी ‘हबिब काला कोकिला हिनाज’ का सञ्चालक हुन् ।

उनलाई वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

महाशाखाका प्रहरीहरूले जनाए अनुसार गोयलले गैरकानूनी रूपमा नेपालमा लेबलिङ गरेर मेहेन्दी बिक्री गरिरहेको पाइएको छ ।

कम्पनीको ट्रेडमार्क पनि दर्ता नभएको पाइएको छ । गोदाम सिल गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !