८ जेष्ठ २०७९, आइतबार

केन्ट आरओको नयाँ वर्ष अफरः बम्पर उपहार होन्डाको डियो स्कुटर

प्रकाशित मिति :  6 April, 2021 6:31 pm


काठमाडौं ।

इओएल प्रालिले पानी सुद्धिकरण उपकरण खरिदका लागि नयाँ वर्ष लक्षित उपहार योजना सार्वजनिक गरेको छ ।

सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको इओएल नेपालमा केन्टका उत्पादन विक्री गर्ने एक मात्र आधिकारिक विक्रेता हो ।

कम्पनीले ‘स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔं केन्ट आरओसँग सहर्ष’ नारा सहित लक्की ड्रमा आधारित उपहार योजना सार्वजनिक गरेको हो ।

जस अनुसार कुनै पनि आरओ मोडलको खरिदमा लक्की ड्रमा सामिल भई हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एउटा एलजीको रेफ्रिजरेटर, एउटा एलजीकै एलइडी टिभी र तीन ओटा गोदरेज भाईरोशिल्डका पाउने भएका छन् ।

अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डीएलएक्स मोडलको स्कूटर जित्न सक्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !