२१ बैशाख २०८१, शुक्रबार

रिलायन्स फाइनान्स लिमिटेडले बोलायो भर्चुअल सभाधारण सभा

प्रकाशित मिति :  7 April, 2021 10:25 am


काठमाडौं । रिलायन्स फाइन्स लिमिटेडले भर्चुअल साधारणसभा बोलाएको छ । कम्पनीले वैशाख २२ गते लैनचौर बैंक्वेट, लैनचौरमा एघारौं वार्षिक साधारणसभा डाकेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिनेछ ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अगाडी सारेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले बैशाख १० गते एक दिनको लागि बुकक्लोज गर्ने भएकोले वैशाख ९ गते सम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस !