२४ बैशाख २०८१, सोमबार

अपर सोलु हाइड्रोपावरले ३३ करोड रुपैयाँ बढीको आइपीओ ल्याउँदै

प्रकाशित मिति :  7 April, 2021 3:45 pm


काठमाडौं । अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३३ रुपैयाँ करोड बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि चैत्र १६ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !