४ जेष्ठ २०८१, शुक्रबार

बुधबार सामान्य अंकले घट्यो नेप्से

प्रकाशित मिति :  7 April, 2021 4:56 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से सामान्य अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से २.८९ अंकले घटेर २६७१.६१ अंकमा पुगेको छ । त्यस्तै नेप्से परिसूचक पनि ०.७२ अंकले घटेर ४१७.८०को बिन्दुमा पुगेको छ ।

नेप्सेमा रहेका कुल १३ उपसमुहमध्ये आज ६ वटा उपसमुह बढेका छन् भने ७ वटा उपसमूहको सेयर मूल्य घटेको छ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक २३२.६४ अंकले उकालो लागेको छ। लघुवित्त समूह १०७.४४ अंकले बढेको आज बैंकिङ समूहमा ५.२३ अंक, विकास बैंक समूहमा ४०.५२ अंक, वित्त समूहमा ०.९८ अंक र म्युचुअल फन्ड समूहमा ०.०४ अंकले बढेको छ ।

यो दिन निर्जीवन बीमा समूह सर्वाधिक २०१.३९ अंकले ओरालो लागेको छ। व्यापार समूह १६३ अंकले घटेको आज जलविद्युत समूहमा ३३.०३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ८०.५५ अंक, अन्य समूहमा १८.९१ अंक, जीवन बीमा समूहमा १०६.६९ अंक र लगानी समूहमा १.७३ अंकको गिरावट आएको छ ।

बुधबार कारोबार रकमको आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड नै अग्र स्थानमा छ । २७ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ९२ रुपैयाँमा कारोबार भएको छ।

आज नेप्सेमा कूल २ सय १५ वटा कम्पनीको एक करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !