६ जेष्ठ २०८१, आइतबार

उकालाे लाग्याे सुनकाे मूल्य, ताेलामै १ हजारले बढ्याे

प्रकाशित मिति :  8 April, 2021 11:39 am


काठमाडाैं । नेपाली बजारमा बिहिबार सुनकाे मूल्य उकालाे लागेकाे छ । बृधबार ८८ हजारमा काराेबार भएकाे छापावाला सुनकाे मूल्य ताेलामा १ हजारले बढेर प्रतिताेला ८९ हजारमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

त्यस्तै बिहिबार तेजावी सुनकाे मूल्य ८८ हजार ५५० रहेकाे छ ।

बिहिबार चाँदीकाे मूल्य पनि उकालाे लागेकाे छ । प्रतिताेला १५ रुपैयाँ बढेर चाँदी १२६० मा काराेबार भएकाे छ । यस अघि हिजाे चाँदीकाे मूल्य प्रतिताेला १२४५ रहेकाे महासंघले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !