२५ बैशाख २०८१, मंगलबार

नेप्से सामान्य अंकले बढ्दा अपर तामाकोशीको सर्वाधिक कारोबार

प्रकाशित मिति :  8 April, 2021 4:16 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक २.७४ अंकले बढेर २६७४.३५ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ४७६.५१ अंकमा पुगेको छ ।

आज नेप्सेमा रहेका कुल १३ उपसमुह मध्ये ७ वटा उपसमुहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमुहको सेयर घटेको छ । नेप्सेमा आजको कारोबारमा लघुवित्त समूह सर्वाधिक १०६.१३ अंकले उकालो लागेको छ ।

जीवन बीमा समूह ९१.९८ अंकले बढेको आज बैंकिङ समूहमा १.८९ अंक, होटेल तथा पर्यटन समूहमा २९.७९ अंक, विकास बैंक समूहमा २०.६२ अंक, वित्त समूहमा ३९.४३ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकले बढेको छ ।

त्यस्तै निर्जीवन बीमा समूह सर्वाधिक ६२.६३ अंकले ओरालो लागेको छ। व्यापार समूह ३२.०१ अंकले घटेको यो दिन जलविद्युत् समूहमा २३.३३ अंक, उत्पादन तथा प्रशोधन समूहमा २८.७७ अंक, अन्य समूहमा २२.५१ अंक र लगानी समूहमा ०.४३ अंकको गिरावट आएको छ ।

कारोबारको आधारमा आज अपर तामाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीले ३६ करोड ७ लाख ८० हजार बराबरको कारोबार गरेको छ ।

नेप्सेमा आज २०७ वटा कम्पनीको एक करोड ३२ लाख ४३ हजार ३ सय ६५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३४ लाख १६ हजार द्द सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !