२ जेष्ठ २०७९, सोमबार

देउवाको अगुवाइमा शुक्रबार देखि चुनावमा जाने कि सरकार बनाउने बैठक शुरू

प्रकाशित मिति :  8 April, 2021 7:14 pm


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई फेरेर नयाँ सरकार बनाउने वा अर्को चुनावमा जाने विषयमा निर्णय गर्न शुक्रबारदेखि तीन दलको बैठक शुरू हुने भएको छ ।

प्रतिनिधि सभाको अर्को बैठकमा ओली बाहेकका तीन दलले निर्णय गरी आउने भएका हुन् ।

ओली निकटका एक सांसदले संसदमा बिहीबार बोल्दै विधि अनुसार ओली सरकार ढाल हामी प्रतिपक्षमा बस्न तयार रहेको बताएको केही घन्टा पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।

यसअघि कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।

शुक्रबारदेखि उपस्थित राजनीतिक अवस्थाका आधारमा चुनावमा जाने वा सरकार बनाएर जाने भन्ने विषयमा राजनीतिक निष्कर्ष निकाल्न तीन दलका नेताहरू बस्न थालेको छ ।

जसपाको तर्फबाट सांसद रेशम चौधारीलगायत सो पार्टीका कार्यकर्ताहरू विरूद्ध लागेका फौजदारी अभियोगको विषयमा राजनीति टुङ्गो लगाइए नयाँ सरकार बन्ने अन्यथा चुनावमा जाने बाटो खोजिने यो मामिला निकट एक नेताले जनाए ।



प्रतिक्रिया दिनुहोस !