भारतीय माओवादीद्वारा कोबरा युनिटका कमान्डर मुक्त
प्रकाशित मिति : 8 April, 2021 8:07 pm

काठमाडौ । भारतीय माओवादीहरूले सीआरपीएफको कोबरा युनिटका कमान्डर राकेश्वर सिंह मन्हासलाई मुक्त गरिदिएका छन् ।
गत शनिबार माओवादी र सीआरपीएबीच भएको भिडन्तमा माओवादीहरूले सिंहलाई कब्जामा लिएका थिए ।
छत्तीसगढ़को सुकमामा गरिएको हमलाका क्रममा उनलाई कब्जामा लिएका बेला उनी हराइरहेको खबर सार्वजनिक भएको थियो ।
त्यो भिडन्तमा २३ जना सुरक्षाकर्मी मारिएका थिए भने ३१ जना घाइते भएका थिए ।
माओवादीहरूले कमान्डर मन्हासलाई रिहा गर्न सरकारलाई मध्यस्थकर्ता तोक्न भनेका थिए ।
मुक्त गरिएपछि उनको स्वास्थ्य जाँच गरिएको छ ।
उनका परिवारजनले मन्हास सुरक्षित भएको सूचना प्राप्त भएको जनाएका छन् ।
हमलामा माओवादीको तर्फबाट ४ जना मारिएको पुष्टि माओवादीहरूले विज्ञप्ति मार्फत सार्वजनिक गरेका थिए ।