७ बैशाख २०८१, शुक्रबार

एक वर्ष नपुग्दै रोल्पाका सिडियो रानाको सरुवा,नयाँ सिडियोमा सापकोटा

प्रकाशित मिति :  9 April, 2021 10:22 am


काठमाडौं । रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राना एक वर्ष नपुग्दै सरुवामा परेका छन् ।

गृह मन्त्रालयले हिजो गरेको सरुवाका क्रममा रोल्पाका प्रमुख जिल्ला अधिकारी रानाको सरुवा भएको हो । रानाको गृह मन्त्रालयमा सरुवा भएको छ भने रोल्पाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयमा रहेका नवराज सापकोटा गएका छन् ।

गृह मन्त्रालयले हिजो मात्रै प्रमुख जिल्ला अधिकारीसहित २६ जना मातहतका कर्मचारीको सरुवा गरेको थियो । रानाको गत जेठ १९ गते मात्रै रोल्पा सरुवा भएको थियो । उनी तत्कालिन प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको सरुवा भएपछि राना गएका थिए । तर एक वर्ष नपुग्दै उनको सरुवा भएको हो ।



प्रतिक्रिया दिनुहोस !