१४ बैशाख २०८१, शुक्रबार

सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, केहीबेरमा यसरी हेर्नुहोस् नतिजा

प्रकाशित मिति :  9 April, 2021 12:13 pm


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । शुक्रबार (आज) मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे बाँडफाँड सम्पन्न भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा माग भन्दा धेरै आइपीओ परेकोले गोलाप्रथाद्धारा सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।आइपीओ बाँडफाँड भएपछि अपलोड गर्न केही समय लाग्ने भएकोले २देखि ३ घण्टा पछि मात्रै नतिजा मेरो सेयरको www.iporesult.cdsc.com.np मा हेर्न सकिने क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ २ लाख ६९ हजार ७०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। कुल सदर आवेदकमध्ये १२ लाख ९० हजार १०२ को हात खाली भएको छ ।

आईपीओमा कुल १५ लाख ६५ हजार ५३० आवेदकबाट कुल २ करोड २८ लाख ४९ हजार ६७० कित्ता सेयर माग भएको थियो । क्यापिटलका अनुसार कुल आवेदकमध्ये १५ लाख ५९ हजार ८०२ आवेदकबाट माग भएको २ करोड २७ लाख ६८ हजार २६० कित्ता सेयरमात्र सदर भएको छ । बाँकी ५ हजार ७२८ आवेदकबाट माग भएको ८१ हजार ४१० कित्ता सेयर बदर भएको छ ।

कम्पनीले चैत्र ६ गतेदेखि चैत्र १० सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !