४ बैशाख २०८१, मंगलबार

चार नेता फेरि मन्त्रीमा नियुक्त

प्रकाशित मिति :  9 April, 2021 2:12 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका ४ नेता फेरि मन्त्रीमा नियुक्त भएका छन् ।

हिजो मात्रै संसद र मन्त्रीपद गुमाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीमा नियुक्त गरेकी हुन् ।

मन्त्रीपदमा नियुक्त भएका ४ जना मन्त्रीले आज बेलुकी ५ बजे तथा गोपनीयताको सफथ ग्रहण कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

४ जना नै माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्दा ४ जनाले नै हिजो मात्रै संसद र मन्त्री पद गुमाएका थिए ।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका थिए । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !