८ जेष्ठ २०७९, आइतबार

अखिल क्रान्तिकारी बर्दियाको अध्यक्षमा प्याकुरेल

प्रकाशित मिति :  10 April, 2021 11:14 am


काठमाडौं । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी बर्दियाको अध्यक्षमा हरिशंकर प्याकुरेल निर्वाचित भएका छन् ।

मधुवन नगरपालिकाको ढोढरीमा सम्पन्न २० औं जिल्ला सम्मेलनले प्याकुरेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो । सम्मेलनले उपाध्यक्षमा सन्तोष कार्की, सचिवमा नवराज विक, सहसचिवमा बलराम भण्डारी, कोषाध्यक्षमा ममता भण्डारीलाई चयन गरेको छ ।

सदस्यमा प्रेम ओली,रमेश प्याकुरेल,मञ्जु नेपाली,मकर कडायत,लक्ष्मण मल्ल, पूर्णिमा सुनार,राजविक्रम बोहरा,सलमान कुरेसी,विपिन भारती, वसन्त रोकाया,रोहित थारु, हिमाल भण्डारी, फिरोचन थारु, मञ्जु विक, राहुल गुरुङ, रेणुका थापा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !