१३ बैशाख २०८१, बिहिबार

गहुँको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल ३१११ रुपैया

प्रकाशित मिति :  10 April, 2021 5:08 pm


काठमाडौं ।

सरकारले चालू आर्थिक वर्षका लागि गहुँको न्युनतम समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार १११ रुपैया तोकेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रस्ताव अनुसार गत साता बसेको मन्त्री परिषद्को वैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेकाे हाे ।

कृषकलाई वस्तुको बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यले सरकारले न्युनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ । यसअघि सरकारले धानको समर्थन मूल्य तोकिसकेको छ ।

समर्थन मूल्य तोकिनु भनेको, सरकारले तोकेको मूल्य भन्दा बढीमा किसानले अनेत्र विक्री गर्न नसकेमा समर्थन मूल्य अनुरुपको मूल्य दिएर किसानको उत्पादन खरिद गर्ने अभ्यास हो ।



प्रतिक्रिया दिनुहोस !