१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ : मन्त्री केसी

प्रकाशित मिति :  11 April, 2021 11:50 am


बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री केसीले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविक पर्ने भन्दै प्रदेश सरकारपनि छिट्टै परिवर्तन हुने दाबी गरे ।

आज बुटवलमा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले प्रदेशमा राजनीति विधि र विधान भित्र बसेर हुने भएकोले छिट्टै निकास निस्कने उल्लेख गरे ।

उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गरे ।

अझैपनि केन्द्रीय राजनीति तल्लो तहसम्म हाबी रहेको दाबी गरे । उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको बताए ।



प्रतिक्रिया दिनुहोस !