८ जेष्ठ २०७९, आइतबार

नेपाल उद्योग बाणिज्य संघ रोल्पा ‘ग’ समूहबाट लुम्बिनी प्रदेशमै उत्कृष्ट

प्रकाशित मिति :  11 April, 2021 12:59 pm


काठमाडौं । नेपाल उद्योग बाणिज्य संघ रोल्पा लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा रोल्पा ‘ग’ समूहतर्फ लुम्बिनी प्रदेशको उत्कृष्ट शाखा भएको हो ।

महासंघ अन्तर्गत देशैभर १०८ शाखा ‘ग’ समूहमा छन् । जसमा ८० वटा शाखाले मानोनयन विवरण भरेका थिए । ८० शाखाले विवरण भरेका थिए । विवरण भरेका मध्य सात प्रदेशबाट ७ वटा शाखालाई उत्कृष्ट घोषित गरिएको थियो ।

जसमा लुम्बिनी प्रदेशमा रोल्पा उत्कृष्ट भएको संघका अध्यक्ष विश्व चन्दले जानकारी दिए । संघलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्टताको प्रमाणपत्र प्रदान गरेका थिए । महासंघ अन्तर्गत भुगोल, आर्थिक कृयाकलाप, भौतिकपूर्वाधार लगायतका विषयका आधारमा क ख र ग वर्षमा शाखाहरुलाई वर्गिकृत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !