१७ बैशाख २०८१, सोमबार

‘मेरो सेयर’को पासवर्ड आफै रिसेट गर्न मिल्ने सुविधा ल्याउँदै सीडीएससी

प्रकाशित मिति :  11 April, 2021 4:05 pm


काठमाडौं । मेरो सेयर पोर्टलको पासवर्ड बिर्सिनुभयो भने अब चिन्ता लिन नपर्ने भएको छ । सीडीएससीले मेरो सेयर पोर्टलको पासवर्ड बिर्सिएमा लगानीकर्ता आफैले रिसेट गर्न मिल्ने सुविधा दिन तयारी गरेको छ ।

सीडीएससीका अनुसार स्तरउन्नतीको लागि प्राविधिक काम भइरहेको हुनाले यो काम सकिने वित्तिकै लगानाीकर्ताले मेरो सेयरको पासवर्ड बिर्सेमा आफै रिसेट गर्न सक्नेछन् ।

’मेरो सेयर’ सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको भन्दै सीडीएससीका प्रबक्ता सुरेश न्यौपानेले भने ‘अपग्रेड भएपछि अब मेरो सेयरमा पहिलेजस्तो प्राविधिक समस्या आउँदैन प्रयोगकर्ताले पासर्वड बिर्सेमा सजिलै रिसेट सक्नेछन् ।’

प्रयोगकर्ताले ‘मेरो सेयर’ को हालको पासवर्ड बिर्सेमा सम्बन्धित क्यापिटलमा गएर रिसेटका लागि आग्रह गर्नुपर्छ । पासवर्ड आफैँले रिसेट गर्न सक्ने सुविधा दिइएमा लगानीकर्ताहरु यसैका लागि क्यापिटलमा पुगेर घन्टौँ लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुने प्रवक्ता न्यापानेले बताए ।



प्रतिक्रिया दिनुहोस !