८ जेष्ठ २०७९, आइतबार

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  12 April, 2021 11:46 am


रुपन्देही । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तीनै जनाको आज बिहान निधन भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष रहेको अस्पतालले जनाएको छ । तीनै जनामा कोरोना संक्रमणको पुष्टि भएपछि अस्पताल भर्ना भएका थियो ।

तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण पुष्टि भएपछि २३ गते भर्ना भएकी थिइन् भने अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि लगत्तै अस्पताल भर्ना थिए ।



प्रतिक्रिया दिनुहोस !