१३ जेष्ठ २०७९, शुक्रबार

चितवनमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

प्रकाशित मिति :  12 April, 2021 12:01 pm


चितवन । चितवनको राप्ती नगरपालिका–११ आँपपानीस्थित चिउडे खोलामा हिजो साँझ भएको ट्याक्टर दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।

गएरातिसम्म पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

आज विहान थप एक जनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिका छन् । बिहान मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् ।

यस्तै अन्य मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–५ बस्ने वर्ष ३५ का खड्क लामा, खैरहनी नगरपालिका–९ बस्ने वर्ष ४० का मगना महतो, राप्ती नगरपालिका–४ बस्ने वर्ष ४५ का सिताराम श्रेष्ठ, खैरहनी–९ बैरहनी बस्ने वर्ष ५० की छनिया महतो र सनाखत नभएको अन्दाजी २५ वर्षीय पुरुष रहेका छन् ।

हिजो साँझ वडा कार्यालयको भवन ढलान गरेर थाकलटाबाट चिउडेखोला जाँदै गरेको ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !