१४ बैशाख २०८१, शुक्रबार

नेकपा (माओवादी केन्द्र)द्वारा प्रदेश २ का आफ्ना चार जना प्रदेशसभा सदस्य बर्खास्त

प्रकाशित मिति :  12 April, 2021 12:21 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ का चार जना आफ्ना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ ।

पार्टीले सोधिएको २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएको भन्दै माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरेको जनाएको छ ।

उनीहरु एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्रले सांसदबाट हटाएपछि उनीहरुको पदपनि गुमेको संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

गएको शुक्रबार काठमाण्डौमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी छोडेर एमालेमा गएको भन्दै रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो ।

६ महिनापछि आज प्रदेश(२ को प्रदेशसभा बैठक आज बस्दै छ । बैठकमा सभामुखले कारबाहीबारे जानकारी गराएपछि कारबाहीमा परेका सांसद पदमुक्त हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !