१५ बैशाख २०८१, शनिबार

नेकपा (क्रान्तिकारी माओवादी)ले २ महिने सङ्गठन र सङ्घर्षसम्बन्धी अभियान सञ्चालन गर्ने

प्रकाशित मिति :  13 April, 2021 12:22 pm


फाइल फोटो

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले २ महिने सङ्गठन र सङ्घर्षसम्बन्धी अभियान सञ्चालन गर्ने भएको छ ।

चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले आगामी बैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको महासचिव मोहन बैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले २२ अप्रिललाई पार्टी स्थापना दिवश तथा लेनिन दिवसका रुपमा मनाउने र मई दिवसलाई सबै प्रदेशहरुमा केन्द्रित कार्यक्रमका रुपमा मनाउने र माक्र्स दिवसपनि मनाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक सहित विशाल भूभागलाई फिर्ता गराउनेबारे गम्भरितापूर्वक सरकारले आवश्यक पहल नै नगरेको निष्कर्ष निकालेको छ ।

विज्ञप्तिमा भनिएको छ,“राष्ट्रपतिद्वारा विभूषण÷पदक प्रदान गर्ने प्रक्रियामा भारतद्वारा मिचिएको उक्त भूभागको पुरानै नक्सालाई कायम गरिएको र एमसीसी सम्झौता संसदमा पारित गराउने धृष्टता गरिँदै आएकोमा हाम्रो पार्टी सरकारको कडा विरोध तथा भत्र्सना गर्दछ । साथै, देशको राष्ट्रिय स्वाधीनताको सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि सम्पूर्ण देशभक्त राजनीतिक शक्ति र आम जनसमुदायमा हार्दिक अपिल समेत गर्दछ ।”

वर्तमान राज्यसत्ता तथा व्यवस्था आर्थिक, राजनीतिक एवम् सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको भन्दै क्रान्तिकारी माओवादीले संसदीय व्यवस्था तथा कम्युनिस्ट नामधारी संशोधनवादी शक्ति गम्भीर सङ्कट तथा विभाजनमा फसेको दाबी गरेको छ ।

विज्ञप्तिमा देश र जनताका हक, हित तथा मुक्तिका लागि नयाँ जनवादी राज्यसत्ता अर्थात् सङ्घीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादको विकल्पलाई सशक्त रुपमा प्रस्तुत गर्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !