७ बैशाख २०८१, शुक्रबार

नयाँ इतिहास कायम गरेर नेप्सेले गर्‍यो ०७७ सालको विदाई

प्रकाशित मिति :  13 April, 2021 4:59 pm


काठमाडौं । दोहोरो अंकको वृद्धिसहित नेप्सेले नयाँ इतिहास कायम गरेर यस वर्षलाई विदाई गरेको छ । २०७७ सालको अन्तिम दिन नेप्से परिसूचक २७ सय बिन्दु पार गरेर नयाँ इतिहास कायम गरेको हो ।

कोरोना भाइरस संक्रमणका कारण अन्य क्षेत्रमा लगानी खुम्चिँदा सेयरबजारमा भने राम्रै उछाल आयो । अन्य क्षेत्रमा लगानीको अवसर कम हुँदा आत्तिएका लगानीकर्ता सेयरबजारमा होमिए जसकरण ०७७ सालमा सेयर बजारले नयाँ उचाई लिन सफल भयोे ।

समग्र देशको अर्थतन्त्र प्रभावित हुँदा हुँदै पनि अनलाइनको पहुँच र सफल कार्यान्वयनले गर्दा सेयर बजारमा सर्वसाधारण जनताको उत्साहजनक सहभागिताले बजारले नयाँ गति लियो ।

यस वर्ष बैंक तथा वित्तिय संस्थाहरुलाई राष्टबैंकले नियमकिय अभिभावकत्व प्रदान गरेर केही सहुलियत प्रदान गर्नु, केही बैंकका सेयरहरु पनि अन्डरभ्याल्यूड भएकोले बजारमा सर्वसाधरण जनताको आकर्षण रहेको सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए ।

०७७ सालले इन्भेष्टरहरुलाई उत्साहित बनाएको बताउँदै अर्यालले भने ‘नेप्सेको यो इन्डेक्स त केही पनि होइन अब ०७८ सालमा त नेप्सेले नयाँ नयाँ रेकर्ड कायम राख्दछ ।’

मंगलबार नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ अंकमा पुगेर रोकिएको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सेन्सेटिभ सूचक पनि ५.९९ अंकले. बढेर ४८६.२८ अंकमा पुगेको छ ।

नेप्से रहेका १३ उपसमूहमध्ये ६ वटा उपसमूह बढेका छन् भने बाँकी ७ वटा उपसमूहमा गिरावट आएको छ । यो दिन विकास बैंक समूह सर्वाधिक ९५.४२ अंकले उकालो लागेको छ । व्यापार समूह ६९.२९ अंकले बढेको आज बैंकिङ समूहमा ४२.३६ अंक, जलविद्युत् समूहमा ३१.६९ अंक, वित्त समूहमा ३.६४ अंक र म्युचुअल फन्ड समूहमा ०.०६ अंकले बढेको छ ।

यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै ८८.९२ अंकले ओरालो लागेको छ । होटेल तथा पर्यटन समूह ६५.२४ अंकले घटेको आज उत्पादन तथा प्रशोधन समूहमा २१.५१ अंक, अन्य समूहमा ७.५ अंक, लघुवित्त समूहमा १४.४ अंक, जीवन बीमा समूहमा ५१.२८ अंक र लगानी समूहमा ०.४६ अंंकले घटेको छ ।

नेप्सेमा आजको कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले अग्रस्थान कायम गरेको छ । कम्पनीको २८ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेपाल बैंक,एनआईसी एसिया बैंक, निफ्रा,नेपाल बंगलादेश,अपी पावर कुमारी बैंक, माथिल्लो तामाकोशी, ग्लोबल आईएमई बैंक,मेगा बैंकले धेरै कमाएका छन् भने ग्लोबल आइएमई लघुवित्त,लक्ष्मी लघुवित्त,एनआरएन इन्फ्रास्टक्चर, इन्फिनिटी लघुवित्त लगायतका कम्पनीले आज धेरै गुमाएका छन् ।

आज कूल २०९ वटा कम्पनीको एक करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !