१६ चैत्र २०८०, शुक्रबार

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

प्रकाशित मिति :  13 April, 2021 3:07 pm


चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।

निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।



प्रतिक्रिया दिनुहोस !