७ बैशाख २०८१, शुक्रबार

प्यूठानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रकाशित मिति :  14 April, 2021 1:55 pm


प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेका दर्शनार्थी चढेको लु १ ज १६५५ नं. को जीप स्वर्गद्धारी नजिकै रुमालेमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १२ जनालाई उपचारका लागि अस्पताल पठाइएको गैरेले बताए ।



प्रतिक्रिया दिनुहोस !