१५ बैशाख २०८१, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  14 April, 2021 5:17 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंमा १७३,भक्तपुरमा २०, ललितपुरमा ६१ जना रहेका छन् ।

हाल मुलुभरका विभिन्न अस्पतालमा ८० जना आइसियुमा र २५ जनालाई भेन्टिलेटर दिएर आइसियुमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !